
बजेट पारित नभएपछि पोर्चुगलका राष्ट्रपतिले गरे संसद् विघटन

एजेन्सीः पोर्चुगलका राष्ट्रपतिले संसद् विघटन गरेका छन्। संसदले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गरेका हुन्।
यस्तै त्यहाँ अग्रिम निर्वाचनको पनि घोषणा गरिएको छ। राष्ट्रपतिले आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेका हुन्।
सरकारको बजेट पारित गर्नका लागि गत अक्टोबर २७ मा संसद्मा मतदान भएको थियो। तर बजेट पारित नभएपछि यस्तो कदम चालिएको हो। सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद् विघटन गरिएको छ।
मंसिर २०, २०७८ सोमबार २०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।