
मंगलबार ०३ भदौ, २०८२
भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौंः भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम अनुमोदन गरिएको छ। संघीय संसद्को संसदीय सुनुवाइ समितिले राजदूतहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
समितिको आजको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उनीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
मंसिर २०, २०७८ सोमबार १८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।