
कोरोना अपडेट: २३८ नयाँ सङ्क्रमित, २ जनाको मृत्यु

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यही अवधिमा २ जनाको मृत्यु पनि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामै ३५७ जना सङ्क्रमणमुक्त पनि भएका छन्। हाल नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६ हजार ३ सय ८६ रहेको छ।
योसँगै कुल सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार ८ सय ३० पुगेको छ।
यस्तै मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पनि भेटिएको बताएको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले दुई जना विदेशीमा ओमिक्रोन देखिएको बताएको छ।
मंसिर २०, २०७८ सोमबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।