
'बिइङ ह्युमन' कपडा पसलका म्यानेजर पक्राउ

काठमाडौंः प्रहरीले काठमाडौंको दरबारमार्गबाट एक जनालाई पक्राउ गरेको छ। दरबारमार्गस्थित 'बिइङ ह्युमन' कपडा पसलबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पसलका म्यानेजर सर्लाही बरथवाका २२ वर्षीय होरोसी खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
उक्त पसलमा श्रोत नखुलेको रकम ओसार पोसार तथा लुकाइ राख्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त पसलमा खोजतलास गर्दा झोलामा राखिएको अवस्थामा एक हजार दरको ४९ लाख रुपैयाँ र ५ सय दरको २० लाख ५० हजार रुपैयाँ गरी उनलाई पक्राउ गरेको हो।
उनलाई आवश्यक कारवाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोक पठाइएको छ।
मंसिर २०, २०७८ सोमबार १६:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।