
माओवादी केन्द्रको विद्यार्थी विशेष महाशाखाको अध्यक्षमा अधिकारी

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी विशेष महाशाखाको अध्यक्षमा उत्तम अधिकारी चयन भएका छन्। महाशाखाको प्रथम सम्मेलनबाट अधिकारी अध्यक्षमा चयन भएका हुन्।
अधिकारीसँगै उपाध्यक्षहरूमा राजकुमार याक्सो, केशव रावल र पवन कार्की चयन भएका छन्। सचिव पदमा उपेन्द्र शाही र सहसचिवमा सञ्जय काल्धन चयन भएका छन्। यता कोषाध्यक्षमा देवकी कार्की चयन भएकी छिन्।
अध्यक्ष चुनिएका अधिकारी यसअघि अनेरास्ववियू (क्रान्तिकारी)का महासचिव थिए। विद्यार्थी विशेष महाशाखाको सम्मेलन शनिबारबाट सुरु भएको थियो।
मंसिर २०, २०७८ सोमबार १५:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।