इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १४ जनाको मृत्यु

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १४ जनाको मृत्यु

एजेन्सीः इन्डोनेसियाको जकार्तामा शनिबार ज्वालामुखी विस्फोट हुँदा त्यसमा परी १४ जनाको ज्यान गएको छ। यस्तै ९ जना बेपत्ता भएका छन् भने ५६ जना घाइते भएका छन्। 

घाइतेमध्ये अधिकांशको शरीरको भाग जलेको छ। हालसम्म एक हजार तीन सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। 

गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको लुमाजांग नामक जिल्लामा सो ज्वालामुखी विस्फोट भएको थियो। ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो।  

मंसिर २०, २०७८ सोमबार १५:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।