
२४ वर्षीया डा. अलविरा खान कांग्रेसको प्रदेश सदस्यमा निर्वाचित

बुटवल : नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनबाट २४ वर्षीया डा. अलविरा खान सदस्यमा निर्वाचित भएकी छिन्। प्रदेश सभाको निर्वाचनमा मत माग्न प्रतिनिधिहरु सामु पुग्दा सबैको आर्कषण उम्मेदवार बनेकी डा. खान ८८१ मतका साथ मुस्लिम समुदायबाट प्रदेश सदस्यमा निर्वाचित हुने कान्छी सदस्य हुन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट अमर पुन नेतृत्वको समूहबाट उनी प्रदेश सदस्यमा निर्वाचित भएकी हुन्। खान कपिलवस्तुको क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
मुस्लिम समुदायका धेरै नारीले बुर्का फाल्न नसकिरहेका बेला डाक्टर खान भने निर्वाचनबाट प्रदेशको सदस्यमा निर्वाचित भएसँग उनको चर्चा चुलिएको छ। निर्वाचित भएसँगै उनले पछाडि परेको समुदायका आवाज पार्टीमार्फत रुपान्तरणका लागि पहल गर्ने बताइन्।
कपिलवस्तु निवासी अलिबिराका बुबा अंकित मियाँ नेपाली कांग्रेसको राजनीति गर्दै आएका छन्। बुबाकै प्रेरणाबाट क्याम्पस पढ्दा १८ वर्षकै उमेरदेखि राजनीतिमा लागेको उनले बताइन्।
उनले राजनीति र डाक्टर पेसालाई सँगसँगै लैजाने समेत बताइन्। ‘बिरामीको सेवा गर्नु मेरो पेसा हो। राजनीतिबाट पछाडि परेको समुदायलाई माथि उठाउन आवाज उठाउँछु,’ उनले भनिन्।
डा. खानका बुबा कांग्रेसका पूर्व क्षेत्रीय सभापति तथा हाल महाधिवेशन प्रतिनिधि हुन्।
बंगालादेशको ढाकाबाट एमबिबिएस गरेकी खानले एमडीको तयारीमा रहेको बताइन्।
मंसिर २०, २०७८ सोमबार १३:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।