दुई मतले पराजित गुरु घिमिरेले दिए पुनः गणनाको माग गर्दै निवेदन

दुई मतले पराजित गुरु घिमिरेले दिए पुनः गणनाको माग गर्दै निवेदन

इटहरी : नेपाली कांग्रेस प्रदेश १ को निर्वाचन परिणाम चित्त नबुझेको भन्दै निर्वाचन समितिमा निवेदन परेको छ। सभापतिका उम्मेदवार गुरुराज घिमिरेले पुनः मतगणनाको माग गर्दै निवेदन दिएका हुन्। 

उद्धव थापासँग २ मतले पराजित भएपछि घिमिरेले पुनः मतगणना गर्नुपर्ने माग राखेका छन्। निर्वाचन परिणाममा हस्ताक्षर नगरी बाहिरिएका उनले मतगणना चित्त बुझ्दो नभएको बताएका छन्। 

संस्थापन पक्षका थापासँग कोइराला पक्षका घिमिरे २ मतले पराजित भएका हुन्। कोइराला प्यानलबाट महामन्त्रीमा उमेश थापा बाहेक प्यानल नै पराजित भएको छ।

मंसिर २०, २०७८ सोमबार ११:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।