तनहुँमा भरुवा बन्दुक पड्कँदा एक जनाको मृत्यु 

तनहुँमा भरुवा बन्दुक पड्कँदा एक जनाको मृत्यु 
सांकेतिक तस्बिर

तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा सिकार खेल्न लगेको भरुवा बन्दुक पड्केर एक युवकको मृत्यु भएको छ।

वडा नम्बर १ को बनमा आइतबार राति सिकार खेल्न गएका दुई जनामध्ये रोमित मल्लको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले जानकारी दिए। 

खड्का अनुसार मल्लको घटनास्थलमै मृत्यु भएको छ। मल्लसँगै सिकार खेल्न गएका सुनबहादुर गुरुङलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको खड्काले बताए।

मंसिर २०, २०७८ सोमबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।