लुम्बिनीमा ७३० मत गन्दासम्म पुनको अग्रता

बुटवल : नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायमै राखेका छन्। ७३० मत गणना गर्दा पुनले ४०२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।
सभापतिका प्रत्याशी भरत कुमार शाहले ३२४ मत प्राप्त गरेका छन्। ४ मत बदर भएको निर्वाचन समितिका सदस्य जीवराम अधिकारीले बताए। पुन रामचन्द्र पौडेल र शाह शेरबहादुर देउवा समूहका हुन्।
मंसिर १९, २०७८ आइतबार २०:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।