न्युजिल्यान्डका एजाज पटेलले भारतविरुद्ध एकै पारीमा लिए १० विकेट

न्युजिल्यान्डका एजाज पटेलले भारतविरुद्ध एकै पारीमा लिए १० विकेट

काठमाडौं : न्युजिल्यान्डका स्पिनर एजाज पटेलले मुम्बईमा जारी दोस्रो टेष्ट क्रिकेटमा भारत विरुद्ध १० विकेट लिएका छन्।

पटेल टेस्ट क्रकेटको इतिहासमा एकै पारीमा १० विकेट लिने संसारका तेस्रो बलर समेत बनेका छन्। उनले भारतका अनिल कुम्बले र इंगल्यान्डका जिम लेकरको रेकर्ड बराबरी गरेका छन्।

मुम्बईको वाङ्खडे स्टेडियममा जारी टेस्टमा न्युजिल्यान्डका स्लो आर्म स्पिनर पटेलले १० विकेट लिएपछि भारत ३५० रनमै समेटिएको छ।

मंसिर १९, २०७८ आइतबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।