
मंगलबार ०३ भदौ, २०८२
काँग्रेस गण्डकीमा संस्थापन इतर अगाडि

काठमाडौँ : नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रारम्भिक मत गणनामा शुक्रराज शर्माले अग्रता लिएका छन्। उनको २६० आउँदा उनका प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीको २३१ मत आएको छ।
देउवाले जोशीको नेतृत्वमा प्यानल बनाएका थिए भने पौडेल समूहले शर्माको नेतृत्वमा प्यानल बनाएका थिए। अन्य पदमा पनि संस्थापन इतर समूहका उम्मेदवार अगाडि छ।
प्रदेश २ बाहेक ६ वटै प्रदेशमा शनिवार मतदान भएको थियो। सबै प्रदेशमा मतदान सकिएर केही प्रदेशमा गणना समेत भइरहेको छ।
मंसिर १९, २०७८ आइतबार ००:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।