
कांग्रेस बागमतीमा २ हजार ८३ मत खस्यो, गणना आजै

काठमाडौँ : नेपाली कांग्रेसको बागमती प्रदेशको निर्वाचनमा २ हजार ८३ मत खसेको छ। कुल २ हजार १ सय ५१ मतदाता थिए।
विवादका कारण समयमै मतदान अगाडि बढ्न नसक्दा मध्यरात मात्र मतदान सकिएको थियो। मत गणना शनिवार बेलुका नै सुरु गर्ने तयारी भएको छ।
बागमतीको सभापति सहितमा त्रिपक्षीय प्रतिस्पर्धा छ। काङ्ग्रेसको संस्थापन, संस्थापन इतर र कृष्ण प्रसाद सिटौलाले समेत उम्मेदवार उठाएका छन्।
५१ प्रतिशत मत नल्याए पुन पहिलो र दोस्रो उम्मेदवार बिच प्रतिस्पर्धा हुने काँग्रेसको विधानमा व्यवस्था छ। अन्त संस्थापन र सिटौला मिले पनि बागमतीमा भने मिल्न सकेन।
मंसिर १९, २०७८ आइतबार ००:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।