
अबको चुनावमा केपी ओलीलाई हराउने माधव नेपालको दाबी

बुटवल : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको चुनावमा केपी ओलीलाई हराउने बताएका छन्।
अर्घाखाँचीको सन्धिखर्कमा भएको भेलामा अध्यक्ष नेपालले अबको चुनावमा सत्ता गठबन्धन दल मिलेर जाने र ओलीलाई नेपालका जुनसुकै जिल्लामा पनि पराजय गराउने बताए।
वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर बनेको पाँच दलीय गठबन्धनले देश र संविधान मास्नेहरूबाट मुक्ति दिलाएको नेपालको भनाई थियो। अध्यक्ष नेपालले नेकपा एमालेबाट आफूले विद्रोह गरेर वर्तमान सरकार बनाएको दाबी पनि गरे। नेकपा एमालेमा जनताको बहुदलीय जनवाद (जबज) का गफ मात्रै हाँकिएको नेपालले आरोप लगाए।
कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने प्रवृत्ति एमालेमा देखिएकोले एमाले कम्युनिस्ट क्रान्तिकारी दिशामा अगाडी बढ्न नसक्ने नेपालले बताए।
मंसिर १८, २०७८ शनिबार २१:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।