
३८ वर्षपछि लक्ष्मी-नारायण पाटनको आफ्नै मन्दिरमा

ललितपुर : चोरी भएर ३८ वर्षअघि पाटनबाट अमेरिका पुगेको लक्ष्मी-नारायणको मूर्ति पट्को टोलमा रहेको आफ्नै मन्दिरमा प्रतिस्थापन भएको छ।
नेपालबाट चोरी भएको मूर्ति गत चैत ३० गते अमेरिकाबाट नेपाल फर्किएको हो। यो मूर्ति अमेरिकाको डल्लास म्युजियममा प्रदर्शनमा आएपछि गत वर्ष पाटनबाट चोरिएको मूर्ति रहेको खुलेको थियो।
डल्लास म्युजियमले गत नोभेम्बर ३० मा अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन(एफबीआई) लाई मूर्ति बुझाएपछि नेपाल ल्याइएको हो। मूर्ति प्रतिस्थापन कार्यक्रममा ललितपुरका मेयर चिरिबाबु महर्जन, नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी, वडा न १६ का अध्यक्ष निर्मलरत्न शाक्य, नेपाल हेरिटेज रिकभरी क्याम्पेनका अध्यक्ष ऋद्धिबाबा प्रधान लगायत स्थानीयवासीको भब्य उपस्थिति थियो।
मंसिर १८, २०७८ शनिबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।