राप्रपामा बल्ल ५० प्रतिशत मतदान, ११ बजेबाट मत गणनाको योजना

राप्रपामा बल्ल ५० प्रतिशत मतदान, ११ बजेबाट मत गणनाको योजना

काठमाडौँ  : राप्रपाको महाधिवेशनमा पचास प्रतिशत मत खसेको छ। मतदान सुरु भएको ६ घण्टामा करिब २ हजार मत खसेको हो। महाधिवेशनमा ४२ सय मतदाता छन्। भृकुटीमण्डपमा मतदान भइरहेको छ।

बेलुका १० बजेभित्रमा मतदान सकाएर ११ बजेबाट मत गणना सुरु गर्ने तयारी भएको केन्द्रीय निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिए ।

अध्यक्षमा कागजी मतपत्र प्रयोग भएको छ भने अन्य पदमा डिजिटल। मत गणना सुरु भएको २ घण्टामा गणना  सक्काउन ३ ठाउँमा राखेर गन्ने र मेसिनको २ घण्टामा सक्ने योजना रहेको बस्नेतले बताए।

मतदाताले  अध्यक्ष सहित १ सय ४९ ठाउँमा भोट हाल्नुपर्छ। 

मंसिर १८, २०७८ शनिबार १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।