
साझाको सभामा गएनन् मिलन समूह

काठमाडौँ : जावलाखेलमा भएको विवेकशील साझा पार्टीको सभा सोही पार्टीको संयोजक मिलन पाण्डे समूह सहभागी भएनन्। अन्य २ पार्टीसँग एकीकरणको घोषणाका लागि सभाको आयोजना गरिएको थियो।
सो सभामा विवेकशीलबाट साझामा आएका अधिकांश नेता गएनन्।सभामा पार्टीका संयोजक पाण्डे, संसदीय दलका नेता रमेश पौड्याल, केशव दाहाल, बागमती प्रदेश संयोजक रन्जु दर्शना सहभागी भएनन्।
पछिल्लो समय साझामा वैचारिक विवाद चुलिएको छ। रवीन्द्र मिश्र समूह गणतन्त्र र सङ्घीयता विरोधी कित्तामा उभिएको पाण्डे समूहको आरोप छ। सभामा साझाकै पुराना नेताहरू पनि देखिएनन्। कार्यक्रम भव्य बनाउने प्रयास भए पनि औसत देखिएको थियो।
मंसिर १८, २०७८ शनिबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।