
राप्रपा महाधिवेशन : लिङदेनले खसाले पहिलो भोट

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा नेतृत्व चयन गर्न मतदान सुरु भएको छ। काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको राप्रपाको मतदानमा ४ हजार ४६९ महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक भएको छ।
बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि झन्डै ३ घण्टा ढिलो सुरु भएको छ। पहिलो मत अध्यक्षका उम्मेदवार राजेन्द्र लिङदेनले खसालेका छन्। महाधिवेशन प्रतिनिधि भोट खसाल्ने लाइनमा बसेका छन्।
तोकिएको समयमा मतदान सुरु नहुँदा मतदान स्थलमा भिड थियो। भिड मिलाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो।
राप्रपाको अध्यक्षमा कमल थापा र लिङदेनबीच प्रतिस्पर्धा हुँदैछ। अध्यक्ष पदको मतदान मतपत्रमा र पदाधिकारी सहित सदस्यको मतदान विद्युतीय भोटिङ मेसिनबाट भइरहेको छ।
मंसिर १८, २०७८ शनिबार १२:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।