जावलाखेल चोकमा साझाको शक्ती प्रदर्शन

जावलाखेल चोकमा साझाको शक्ती प्रदर्शन

काठमाडौँ : ललितपुरको जावलाखेल चोकमा विवेकशील साझाले शक्ती प्रदर्शन गर्ने भएको छ। अन्य २ साना पार्टीसँगको एकीकरण सभा भन्दै उसले सार्वजनिक कार्यक्रम गर्न लागेको हो।

पछिल्लो समय साझामा तीव्र वैचारिक मतभेद रहेको छ। मिलन पाण्डे समूह अल्पमतमा रहेको साझामा रवीन्द्र मिश्र हाबी भएका छन्।

एक बजे हुने एकता सभामा सिटिजन्स डिस्कशन फोरम र जनता दरबार पार्टीबिच एकताको औपचारिक घोषणा हुँदै छ। कार्यक्रममा मिश्र, किशोर थापासँगै  फोरमका संयोजक कर्णबहादुर शाही, जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथीले सम्बोधन गर्दैछन्।

मंसिर १८, २०७८ शनिबार ११:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।