कांग्रेस प्रदेश १ को चुनावमा नौ सदस्य निर्विरोध निर्वाचित 

कांग्रेस प्रदेश १ को चुनावमा नौ सदस्य निर्विरोध निर्वाचित 

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ को कार्यसमितिमा नौ जना सदस्य निर्विरोध निर्वाचित भएका छन्।

महिला सदस्यमा मोरङबाट इन्दिरा अधिकारी र इलामबाट हरिकला श्रेष्ठ निर्विरोध निर्वाचित भएका मतदान अधिकृत विकास थापाले जानकारी दिए। 

महिला सदस्यमा तेह्रथुमबाट योगकुमारी अर्याल शान्ता र भोजपुरबाट निर्मला खड्का निर्विरोध निर्वाचित भएका छन्। 

यस्तै प्रदेश समितिको खुल्ला सदस्यमा इलामबाट गोविन्द गिरी निर्विरोध निर्वाचित भएका छन्। खुल्ला सदस्यमा तेह्रथुमका तुलसीजंग थापा, सोलुखुम्बुबाट जय प्रसाद राई, दलित महिला सदस्यमा सङ्खुवासभाका सिर्जना शङ्कर र थारु खुल्ला सदस्यमा मोरङबाट चुमनारायण तबदार निर्विरोध निर्वाचित भएका मतदान अधिकृत थापाले जानकारी दिए। 

प्रदेश १ को सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र अरू सदस्य पदमा भने मतदान हुने उनले बताए। अहिले मतदानको तयारी भइरहेको थापाले उकेरालाई जानकारी दिए। 

प्रदेश १ को सभापतिमा संस्थापन पक्षको समर्थनमा उद्धव थापा र संस्थापन इतर पक्षको समर्थनमा गुरुराज घिमिरेले उम्मेदवारी दिएका छन्।

मंसिर १८, २०७८ शनिबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।