साथीको ‘बर्थ डे’ मनाउन गएका युवकको मृत्यु, होटल सञ्चालकसहित १२ प्रहरी नियन्त्रणमा

साथीको ‘बर्थ डे’ मनाउन गएका युवकको मृत्यु, होटल सञ्चालकसहित १२ प्रहरी नियन्त्रणमा

दाङ :  साथीको `बर्थ डे´ मनाउन गएका घोराहीका एक युवकको मृत्यु भएपछि दाङ प्रहरीले होटल सञ्चालकसहित १२ जनालाई पक्राउ गरेको छ।

बर्थ डे मनाउनेक्रममा होटलमा अचेत अवस्थामा फेला परेका घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको उपचारका क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको थियो।

नियन्त्रणमा लिइएका युवाहरूले मदिरा सेवनपछि पौडेल छतबाट खसेर अचेत भएको बयान दिएको जिल्ला प्रहरी कार्यालय दागंका प्रमुख सुरेशप्रसाद काफ्लेले बताए।

जन्मदिन मनाउन दिउसो पुगेको बेला सो घटना हुँदा पनि होटल सञ्चालकले प्रहरीलाई थाहा नदिएपछि प्रहरीले होटेल सञ्चालकलाई पक्राउ गरेको उनले बताए।

पौडेल उनका साथी नवीन गिरीको निमन्त्रणामा जन्मोत्सव मनाउन बुधवार घोराही १५ स्थित फ्रेन्ड एन्ड फेमिली होटलमा गएका थिए। प्रहरीको अनुसार पौडेलको टाउकोमा गहिरो चोट लागेको थियो।

मृत्यु शङ्कास्पद लागेकोले पौडेलका घर परिवारले हत्या भएको आशङ्कामा प्रहरीमा जाहेरी दिएपछि उनका साथीलाई पक्राउ गरेको एसपी काफ्लेले जानकारी दिए।

मंसिर १७, २०७८ शुक्रबार १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।