राप्रपाले कोटा नछुट्याएकोमा अपांगता भएका उम्मेदवारको चित्तदुखाइ

राप्रपाले कोटा नछुट्याएकोमा अपांगता भएका उम्मेदवारको चित्तदुखाइ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्रको जारी महाधिवेशनमा अपांगता भएका भरणमणि भट्ट र देवकुमारी पराजुलीले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन्। राप्रपाले अपांग कोटा छुट्याएकोमा उनीहरुको चित्तदुखाइ छ।

स्याङ्जाकी देवकुमारीले खुला महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन्। 'पार्टीले मनोनितमा गर्छ भन्ने ढुक्क भएको भए म उम्मेदवार बन्ने नै थिइनँ नि, उनले भनिन्।

राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक अपांग संघको संस्थापक समेत रहेकी पराजुली भन्छिन्, 'हामीले अपांग कोटा छुट्याउन दबाब दिए पनि नेतृत्वले सुन्दै सुनेन।'

प्रतिनिधि अम्बादत्त भट्ट भने पार्टीले बिर्सिएर अपांग कोटा छुटाएको बताउँछन्। 'हामी अपांगबाट प्रत्येक्ष २ जना र मनोनित २ जना हुने भनेर अध्यक्षका आकांक्षीले प्रतिबद्धता जनाउनुभएको छ,' भट्टले भने।

मंसिर १७, २०७८ शुक्रबार १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।