लिङ्देनका कार्यकता र प्रहरीबीच धकेलाधकेल, मुल गेटबाट प्रवेश नै पाएनन्

काठमाडौं : कार्यकर्ताको र्यालीसहित अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउन हिँडेका राप्रपा नेता राजेन्द्र लिङ्देन र प्रहरीबीच धकेलाधकेल भएको छ।
भीडका कारण मनोनयन दर्ता गर्न हिँडेको टोलीले मुल गेटबाट प्रवेश नै पाएको छैन।
मनोनयनको ५० मिटर वरपर माइकिङ गर्न नपाइने नियम छ। लिङ्देनका कार्यकर्ताले माइकिङ गरेपछि प्रशासनले मुल गेट बन्द गरी लाइनमा १-१ जना प्रवेश गराउँदै छ।
राप्रपाको काठमाडौंमा जारी एकता महाधिवेशनमा लिङदेनले कमल थापाविरुद्ध अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन्।
अहिले निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने काम भइरहेको निर्वाचन समिति सयोजक हरिबहादुर बस्नेतल जानकारी दिए।
राप्रपाको जारी एकता महाधिवेशनमा अध्यक्षको लागि मतपत्रमा र अरु पदको लागि भोटिङ मेसिन प्रयोग गरेर मतदान गर्ने तय भएको छ।
मंसिर १७, २०७८ शुक्रबार १२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।