र्यालीसहित उम्मेदवारी दर्ता गराउँदै लिङदेन

काठमाडौं : अध्यक्ष पदका प्रत्यासि राजेन्द्र लिङदेन र्यालीसहित उम्मेदवारी दर्ता गराउन गएका छन्।
राप्रपाको काठमाडौंमा जारी एकता महाधिवेशनमा लिङदेनले कमल थापाविरुद्ध अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन्। कमल थापा भने अहिलेसम्म उम्मेदवारी दर्ता गर्ने स्थानमा देखिएका छैनन्।
लिङदेनको टोली मनोनयन दर्ता गराउन हिंडे पनि कार्यकर्ताको भीडले मुल गेटबाट प्रवेश पाएको छैन।
अहिले निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने काम भइरहेको निर्वाचन समिति सयोजक हरिबहादुर बस्नेतल जानकारी दिए।
राप्रपाको जारी एकता महाधिवेशनमा अध्यक्षको लागि मतपत्रमा र अरु पदको लागि भोटिङ मेसिन प्रयोग गरेर मतदान गर्ने तय भएको छ।
मंसिर १७, २०७८ शुक्रबार १२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।