राप्रपा महाधिवेशन : अध्यक्षका लागि मतपत्र, अरु पदमा भोटिङ मेसिन

राप्रपा महाधिवेशन : अध्यक्षका लागि मतपत्र, अरु पदमा भोटिङ मेसिन

काठमाडौं : राप्रपाको जारी एकता महाधिवेशनमा अध्यक्षको लागि मतपत्रमा र अरु पदको लागि भोटिङ मेसिन प्रयोग गरेर मतदान गर्ने तय भएको छ। 

निर्वाचन समिति संयोजक हरिबहादुर बस्नेतका अनुसार अध्यक्षका आकांक्षी कम रहेको र उनीहरूको चाहना पनि मतपत्र नै भएकाले मतपत्र रोजियो।

अन्य आकांक्षीलाई मतपत्रमा मतदान गर्न दिँदा गणना गर्नै १६ घण्टासम्म लाग्नसक्ने भएकोले भोटिङ मेसिन रोजिएको संयोजक बस्नेतले जानकारी दिए। 

राप्रपा अधिवेशनमा अहिले निर्वाचन लड्ने पदाधिकारीहरुले धमाधम उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेको छ।

मंसिर १७, २०७८ शुक्रबार ११:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।