राप्रपा महाधिवेशन : विक्रम पाण्डे दुवै समूहबाट तानातान

काठमाडौं : काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा प्रभावशाली नेता विक्रम पाण्डे दुवै प्यानलले आफ्नो उम्मेदवार भएको दावी गरेको छ।
राप्रपा उपाध्यक्षमा उम्मेदवार बनेका पाण्डे कतै पनि नखुलेपछि कमल थापा तथा राजेन्द्र लिङ्देन दुवै पक्षले आफ्नो उम्मेदवार भएको दावी गरेका हुन्। यस विषयमा पाण्डेले भने कुनै प्रतिक्रया दिएका छैनन्।
पाण्डेको उम्मेदवारीबारे थापा समूह भन्छ, हामी चार दिनदेखि सँगै छौं। पपुलर नेता भएकोले लिंङदेन पक्षले पपुलारिटी क्यास गर्न खोज्यो। उहाँ थापा प्यानलका निर्वाध उपाध्यक्ष हो।'
लिङ्देन समूहका नेताले भने पाण्डे आफ्नो पक्षको उम्मेदवार भएको दावी गरेका छन्। यो समूहको दावी छ, 'युवाला@ अघि बढाउन पाण्डे हाम्रो प्यानलमा हुनुहुन्छ। थापा प्यानलमा भएको भन्ने फण्डा मात्र हो।'
मंसिर १७, २०७८ शुक्रबार ११:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।