कांग्रेस अधिवेशन : साह र पुन प्यानलै बनाएर चुनावी मैदानमा

कांग्रेस अधिवेशन : साह  र पुन प्यानलै बनाएर चुनावी मैदानमा

बुटवल : नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा संस्थापन पक्ष र इतर पक्ष दुवै प्यानल नै खडा गरेर निर्वाचनमा जाने भएका छन्। संस्थापनबाट भरतकुमार साह सभापतिको उम्मेदवार बन्ने भएका छन्। पत्रकार सम्मेलन गरेर संस्थापन पक्षले साहको नेतृत्वमा प्यानल घोषणा गरेको हो।

दुई जना उपसभापति पदका उम्मेदवारमा कपिलवस्तुका सुधाकर पाण्डेय र दाङका राजु खनाल उम्मेदवार बनेका छन्।

यस्तै, दुई महामन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझी उम्मेदवार बनेका छन्। सहमहामन्त्रीमा १ महिलासहित ३ पदक लागि रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाह उम्मेदवार बनेका छन्। 

यता, संस्थापन इतरका पदाधिकारीमध्ये सभापतिमा रोल्पाका अमरसिंह पुनले उम्मेदवारी दिने भएका छन्। उपसभापतिमा गुल्मीका भुवन श्रेष्ठ, रुपन्देहीका अष्टभुजा पाठकले उम्मेदवारी दिने भएका छन्।

यसैगरी २ जना महामन्त्रीमा नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्यले उम्मेदवारी दिने भएका छन्।

३ सहमहामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु मुस्कान र प्युठानका निमा गिरीले उम्मेदवारी दिने बताइएको छ। कांग्रेसको संस्थापनइतर समूहले दीपक गिरी र चन्द्र भण्डारीलाई उम्मेदवारी टुंगाउन जिम्मेवारी दिइएको थियो।

मंसिर १७, २०७८ शुक्रबार १०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।