राप्रपा महाधिवेशन: भोलि मतदान, आज १ बजेसम्म उम्मेदवारी दर्ता

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी एकता महाधिवेशनअन्तर्गत आजबाट निर्वाचन कार्यतालिका सुरु भएको छ। जसअनुसार आज बिहानै साढे ७ बजेबाट दरखास्त फारम वितरण गरिएको छ।
उम्मेदवारी दर्ता भने आज १ बजेसम्म गर्न सकिने भएको छ। साढे ११ बाट उम्मेदवारी दर्ता खुला गरिने भएको छ। आज अपराह्न ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।
पार्टीको निर्वाचन समितिले बिहीबार राति नै चार हजार चार सय ७१ जना महाधिवेशन प्रतिनिधिको सूची प्रकाशित गरेको थियो। त्यसैअनुसार साढे ९ बजेसम्म सो मतदाता नामावलीमाथि दावी-विरोध गर्न समय दिइएको छ। बिहान ११ बजे नै अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन समितिको तयारी रहेको छ।
मतदान प्रक्रिया भने भोलि शनिबार बिहान ८ बजेबाट सुरु हुनेछ। साँझ ५ बजेसम्म मतदान हुने बताइएको छ।
मंसिर १७, २०७८ शुक्रबार ०९:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।