राप्रपा महाधिवेशन: लिङ्देनको टीम तयार, थापालाई सकस

राप्रपा महाधिवेशन: लिङ्देनको टीम तयार, थापालाई सकस

काठमाडौंः राप्रपाको जारी एकता महाधिवेशनमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनको टीम तयार भएको छ। लिङ्देन समूहबाट उपाध्यक्षसहित महामन्त्रीसम्मको उम्मेदवारको टुंगो लागेको हो। 

जसअनुसार अध्यक्ष पदमा राजेन्द्र लिङ्देन, महिला उपाध्यक्षमा लीला श्रेष्ठ अन्य तीन उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी र रामचन्द्र राय भिड्ने लगभग पक्का छ। यस्तै महामन्त्रीमा डा. धवल शमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापा भिड्ने छन्। 

यता अर्का अध्यक्षका प्रत्यासी थापाको भने प्यानल तय भइसकेको छैन। प्रभावशाली नेता पाण्डे लिङ्देन समूहमा लागेपछि त्यसको घाटा प्रतिस्थापन गर्न थापालाई सकस भएको छ। 

राप्रपामा १९९ केन्द्रीय सदस्यमध्ये १४९ जनाको चुनाव हुने देखिएको छ। 

मंसिर १७, २०७८ शुक्रबार ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।