नम्बर नखुलेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

नम्बर नखुलेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

धनगढी: कैलालीको गोदावरी नगरपालिका-१ मा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मनहरा पुल नजिक नम्बर नखुलेको गाडीले अन्दाजी २५ वर्षीय युवकलाई ठक्कर दिँदा उनको मृत्यु भएको कैलाली प्रहरी प्रमुख विश्व अधिकारी जानकारी दिए।

गाडीको ठक्करबाट घाइते भएका ती युवकको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। युवकको पहिचान भएको छैन। गाडी तथा चालकको खोजी कार्य भइरहेको छ।

मंसिर १७, २०७८ शुक्रबार ०९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।