ट्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

रुकुमपश्चिमः जिल्लाको आठबिसकोट नगरपालिका-७ औलमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। यस्तै सोही दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएकी छिन्।
मृत्यु हुनेमा स्थानीय २५ वर्षीय करन नेपाली रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। यस्तै घाइते भएकी ट्याक्टरमा सवार २० वर्षीया सपना विश्वकर्माको नगर अस्पताल राडीमा उपचार भइरहेको छ।
मृतक नेपाली र घाइते विश्वकर्मा श्रीमान-श्रीमती हुन्। राडी बजारबाट औलतर्फ जाँदै गरेको रा१त ४४१२ नम्बरको ट्याक्टर गए राति १ बजे अनियन्त्रित भई सडकमा पल्टिएको ईलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ।
मंसिर १७, २०७८ शुक्रबार ०८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।