कमल थापालाई धक्का : विक्रम पाण्डे लागे लिङदेन समूहमा

प्रकाशचन्द्र लोहनी र धवल शमशेर राणापछिका बलिया नेता पाण्डे पनि लिङदेनतिर लाग्दा अध्यक्षमा थापा थप कमजोर बनेका छन्। थापाले अध्यक्ष उम्मेदवारी घोषणा गर्दा पाण्डे उनीसँगै थिए।
बिहीबार लिङदेन समूहले मुख्य पदाधिकारीको प्यानल बनाउँदा उनी उपाध्यक्षमा बसेका छन्। उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र महिला उपाध्यक्षमा लीला श्रेष्ठ उम्मेदवार बन्दै छन्।
महामन्त्रीमा धवल, श्याम तिमिल्सिना र रेखा थापा लिङदेन समूहबाट उम्मेदवार बन्दै छन्।
महाधिवेशनबाट १४९ सदस्य निर्वाचित हुनेछन्। सगुन लावती, राजाराम श्रेष्ठ, मोहन श्रेष्ठ कुन पदको उम्मेदवार बन्दै छन् खुलेको छैन। यी लिङदेन प्यानलमा छन्। अन्य उम्मेदवारबारे भने लिङदेन समूह छलफलमै छ।
अध्यक्षका आकाङ्क्षी थापाको समूहबाट भने प्रमुख पदकै उम्मेदवार देखिएका छैनन्। उपाध्यक्षमा ध्रुवबहादुर प्रधान र बुद्धिमान तामाङको चर्चा छ। उनले विक्रम पाण्डेको समेत नाम राखेका छन्।महिला उपाध्यक्षमा रोशन कार्कीको चर्चा छ।महामन्त्रीमा भुवन पाठक दाबेदार देखिएका छन्। महिला महामन्त्रीमा कुन्ती शाहीको चर्चा छ। केन्द्रीय सदस्यका आकाङ्क्षी भने टन्न छन्।
विवादकाविच बिहीबार बेलुका चार हजार चार सय ७१ जनाको मतदाता नामावली सार्वजनिक गरिएको छ। यो पटक अध्यक्षबाहेक अन्य पदमा विद्धुतिय मतदान गर्ने तयारी छ।
मंसिर १७, २०७८ शुक्रबार ००:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।