बैतडीमा दुर्घटना भएको जिपका चालक फरार

दुर्घटनामा दोगडाकेदार गाउँपालिका ५ न्वालीका १४ वर्षीय भीम धामी, सोही ठाउँका २५ वर्षीय दीपकसिंह कार्की र दशरथचन्द नगरपालिका ११ बर्तोलीका डम्बर महरा घाइते भएका छन्।
जिपका चालक भने फरार रहेकाले खोजी भइरहेको बमले बताए। उनका अनुसार गम्भीर घाइते तीनै जनालाई उपचारका लागि धनगढी ल्याइँदै छ। जिप सडकबाट करिब ५० मिटर तल खसेको छ।
मंसिर १६, २०७८ बिहीबार १८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।