केही महिनाभित्र स्थानीय र एक वर्ष भित्र केन्द्रको चुनाव हुन्छ : प्रधानमन्त्री देउवा 

केही महिनाभित्र स्थानीय र एक वर्ष भित्र केन्द्रको चुनाव हुन्छ : प्रधानमन्त्री देउवा 

काठमाडौँ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक वर्षभित्र केन्द्र र प्रदेशको चुनाव हुने बताएका छन्। उनले केही महिना भित्र स्थानीय तहको निर्वाचन हुने बताए। 

कांग्रेसको सात वटै प्रदेशमा हुने प्रदेश सभा अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले एक वर्ष भित्र सङ्घ र प्रदेशको चुनाव हुने बताएका छन्। 

उनले अधिवेशनसँगै चुनावमा ध्यान दिन निर्देशन दिए। ‘आन्तरिक रूपमा हुने चुनावमा हार जित स्वाभाविक प्रक्रिया हो,लोकतान्त्रिक अभ्यास हो,’देउवाले भने,‘आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासमा लिएर आगामी दिन जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुहुन्छ भन्ने विश्वास लिएको छु।’ 

उनले लोकतन्त्र बलियो भए मात्रै मुलुक संवृद्ध हुने बताए। ‘मुलुकको विकास, संवृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्न सक्छ भन्ने विगतको विविध घटनाक्रमले पुष्टि गरिसकेको छ,’देउवाले भने,‘विश्वास छ प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त बनाउन जनताको मत जित्ने गरी रणनीति बनाउन छलफल गर्नुहुनेछ।’ 

मंसिर १६, २०७८ बिहीबार १७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।