युरोनियम भनेर दुई करोडमा विक्री गर्न हिँडेको ढुङ्गासहित ३ जना पक्राउ

काठमाडौं : महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका-१६ बालाजु बसन्तनगरस्थित गेष्ट हाउसबाट १ किलो २ सय ग्राम यूरेनियम जस्तो देखिने टल्किने ढुंगा सहित ३ जनालाई बुधबार साँझ पक्राउ गरेको छ।
महाशाखाका अनुसार काठमाडौँ मनमैजु बस्ने नुवाकोट विदुर नगरपालिका-६ घर भएका ३१ वर्षीय प्रदीप घिमिरे, काठमाडौँ मनमैजु बस्ने नुवाकोट विदुर नगरपालिका-२ घर भएका ३१ वर्षीय राजेन्द्र परियार र काठमाडौँ तारकेश्वर नगरपालिका फुटुङ बस्ने ३६ वर्षीय रञ्जित कार्की सो ढुङ्गासहित पक्राउ परेका हुन्।
गेस्ट हाउसमा युरेनियम जस्तो देखिने टल्किने पदार्थको अवैध कारोबार भइरहेको सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूले प्रति किलो २ करोडका दरले विक्री गर्न उनीहरूले ग्राहक खोजिरहेको सूचनाको आधारमा प्रहरी उनीहरूसम्म पुगेको थियो।
मंसिर १६, २०७८ बिहीबार १६:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।