गार्डको अपहरण गरेर सहकारी लुटेको आरोपमा २ जना पक्राउ

गार्डको अपहरण गरेर सहकारी लुटेको आरोपमा २ जना पक्राउ

काठमाडौँ : दोलखाको हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्डको हत्या गरेर रकम लुट्ने २ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गार्ड पूर्ण बहादुर खड्काको हत्यामा संलग्न विक्रम कार्की र सुमन कार्कीलाई पक्राउ गरेको हो।

उनीहरूले खड्कालाई  कात्तिक १० गते नियन्त्रणमा लिएर सहकारीको एक लाख ८५ हजार रकम लुटेका थिए। प्रहरीले कात्तिक १२ गते गार्ड खड्काको शव गौरीशङ्कर गाउँपालिका वडा नम्बर १ जुगुमा रहेको जङ्गलमा डोरीले खुट्टा र हात पछाडि बाँधिएको तथा खादाले मुख बाँधिएको, निधारमा घाउ चोट लागेको अवस्थामा फेला परेको थियो।

अनुसन्धानकोक्रममा विक्रम र सुमनले गार्डको अपहरण गरेर सहकारीको रकम लुटेको खुलेपछि ब्युरोले उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, दोलखा पठाएको छ। प्रहरीले उनीहरूको साथबाट गार्ड खड्काको मोबाइल र लुटेको रकममध्ये एक लाख ३८ हजार बरामद गरेको जानकारी दिएको छ।

मंसिर १६, २०७८ बिहीबार १५:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।