नेप्से परिसूचक २५ सय बिन्दुमा 

नेप्से परिसूचक २५ सय बिन्दुमा 

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २५ सयमा झरेको छ। बिहीबार नेप्से ४९.०४ अङ्कले घटेर परिसूचक २५८४.६१ बिन्दुमा कायम भएको छ। नेप्से परिसूचक ३ हजार बिन्दुसम्म पुगेको थियो। 

चालु वर्षको जेठमा  नेप्से परिसूचक ३ हजार बिन्दुमा पुगेको थियो।  आज बिहीबार नेप्से परिसूचक घटेर २५८४.६१ बिन्दुमा कायम भएको स्टक एक्सचेन्जले जनाएको छ। 

२३१ कम्पनीका ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको कारोबार भएको छ। 

नेप्सेका १३ उपसमूह सबै राताम्मे भएका छन्। सबै भन्दा धेरै निर्जीवन बिमा उपसमूह २४५.८५ अङ्कले घटेको छ। यस्तै जीवन बिमा समूह २३०.८३, विकास बैङ्क १८९.०१, उत्पादन तथा प्रशोधन १५३.६७ अङ्कले घटेको छ। 

मंसिर १६, २०७८ बिहीबार १५:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।