न्यायाधीशहरू छलफलमा व्यस्त हुँदा तीन घण्टा ढिलो पेसी

काठमाडौंः सर्वोच्च अदालतमा आज झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिएको छ। सर्वोच्चका न्यायाधीशहरू छलफलमा बस्दा पेसी तोक्न ढिला भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पतालमा छन्। राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरूलाई नदिएको विषयमा छलफल गर्न न्यायाधीशहरू व्यस्त भएपछि तीन घण्टा ढिलो पेसी चढेको हो।
सर्वोच्चमा सामान्यतया बिहान १०ः१५ बजे पेसी तोकिन्थ्यो। आज साढे १ बजे मात्र पेसी तोकिएको हो। गोलाप्रथाबाट मुद्दामा पेसी तोकिएको हो।
यस्तै आज सर्वोच्चमा १० इजलास गठन भएका छन्। तीमध्ये दुई पूर्ण इजलास, सात संयुक्त र एउटा एकल इजलास छ।
मंसिर १६, २०७८ बिहीबार १४:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।