ढुङ्गाले लागेर अरुण तेस्रो आयोजनाका मजदूरको मृत्यु

सङ्खुवासभाः जिल्लामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदूरको मृत्यु भएको छ। आयोजनामा कार्यरत भारत मध्यप्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंहको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए।
गए राति सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर सिंह घाइते भएका थिए। उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।
घटनाबारे वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा गएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए। सुरुङभित्र आयोजनाले सुरक्षा सामग्री प्रदान नगरेको मजदूरहरूको गुनासो रहेको छ।
हाल आयोजनामा नेपाली र भारतीय गरी झण्डै तीन हजार मजदूर कार्यरत छन्।
मंसिर १६, २०७८ बिहीबार १३:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।