बिदामा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीशलाई गठबन्धनको सुझाव

बिदामा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीशलाई गठबन्धनको सुझाव

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बिदामा बसेर कार्यवाहक तोक्न सत्तारुढ पाँच दलका शीर्ष नेताहरूले सुझाव दिएका छन्। बिहीबार बिहान बसेको सत्तारुढ दलको बैठकले बारको आन्दोलन र प्रधानन्यायाधीश बिरामी भएकाले लामो समय यता अदालतको कामकारवाही प्रभावित भएको भन्दै यस्तो सुझाव दिएको हो।

‘प्रधानन्यायधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ’, सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने। 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरू सहभागी थिए।

मंसिर १६, २०७८ बिहीबार ११:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।