राष्ट्रपतिले जारी गरिन् ६ अध्यादेश

राष्ट्रपतिले जारी गरिन् ६ अध्यादेश

काठमाडौँ : मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन्।

भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश,तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश पनि जारी गरेकी हुन्।

यी अध्यादेश केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको थियो।

तर अध्यादेश जारी भएको ६ महिनाभित्र सांसदबाट अनुमोदन हुन नसक्दा सबै अध्यादेश निष्क्रिय भएका थिए। 

मंसिर १५, २०७८ बुधबार १९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।