नाडाको नेतृत्वमा करण चौधरीको दाबी : प्यानलसहित गरे अध्यक्षको उम्मेदवारी घोषणा

नाडाको नेतृत्वमा करण चौधरीको दाबी : प्यानलसहित गरे अध्यक्षको उम्मेदवारी घोषणा

काठमाडौँ : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। बुधवार काठमाडौँमा एक कार्यक्रम गरेर चौधरीले अध्यक्षसहित आफ्नो प्यानल घोषणा गरे। 

यसअघि नै व्यवसायी ध्रुव थापाले प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। उनको प्यानलमा सुनिल रिजाल, अनुप बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, पङ्कज अग्रवाल, प्रकाश कपुरी छन्। 

चौधरीको प्यानलमा निलममणि पाठक, वरदान बस्नेत,निसान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गङ्गाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारी छन्।

नाडाको साधारण सभा र नयाँ कार्य समितिको निर्वाचन मङ्सिर २२ र २३ गते हुँदै छ। 

मंसिर १५, २०७८ बुधबार १९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।