एनएमबी बैङ्कले पायो बैङ्क अफ दि इयर- २०२१ अवार्ड

एनएमबी बैङ्कले पायो बैङ्क अफ दि इयर- २०२१ अवार्ड

काठमाडौँ : एनएमबि बैङ्कले बैङ्क अफ दि इयर- २०२१ एसिया अवार्ड पाएको छ। बेलायतको द फाइनान्स टाइम्सले प्रकाशित गर्ने द बैंकर म्यागेजिनले प्रदान गर्दै आएको यो अवार्ड नेपाली बैङ्कले पाएको पहिलो पटक हो।

अवार्डको प्रतिस्पर्धामा एसियाका ४८ वटा देशका बैङ्क सहभागी थिए।

बुधवार राजधानीमा कार्यक्रम आयोजना गरेर बैङ्कले अवार्डबारे जानकारी दिएको थियो। बैङ्कका सिइओ सुनिल केसीले अवार्ड नेपालका सबै बैङ्कको जित भएको बताएका थिए।

पाँच वर्षमा एनएमबी बैंकले पाएको यो चौथोँ अवार्ड हो। प्रधानमन्त्री शेरबहादुर देउवा कार्यक्रममा उपस्थित भएर बैंकका अधिकारीलाई सो अवार्डदिँदै बधाई दिउका थिए। 

मंसिर १५, २०७८ बुधबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।