अब राप्रपा यो भन्दा तल जाने ठाउँ नै छैन : कमल थापा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै क्षेत्रमा उम्मेदवार उठाउन नसक्नु र नेपाली काँग्रेससँगको सहकार्यमा इमानदारिता नहुँदा गत निर्वाचनमा पार्टी कमजोर बनेको बताएका छन्।
पार्टीको एकता महाधिवेशनमा बोल्दै उनले निर्वाचनको मुखैमा पार्टी विभाजन हुँदा समेत त्यसको असर निर्वाचनमा परेको भन्दै उनले भने' एउटा चुनाव हार्दैमा पार्टीको सिद्धान्त मर्दैन। एउटा निर्वाचनमा पराजित हुँदैमा पार्टी कमजोर भयो भनेर हिनभाव राख्न हुन्न।'
उनले २ तिहाइ पाएको नेपाली काँग्रेस २२-२३ सिटमा खुम्चिएको अनि माओवादी खुम्चिदा-खुम्चिदा सानो भएको उदाहरण दिँदै उनले अहिलेको आवश्यकता २-४ सिट बढाउने मात्रै नभएर हिन्दु राज्य र संवैधानिक राजतन्त्रको दायित्व भएको बताए।
उनले अहिलेको अवस्थामा पार्टीलाई जुरुक्कै उठाउन आवश्यक रहेको भन्दै सबैलाई एक भएर अगाडि बढ्न आग्रह गरे। कुनै पनि बहानामा विभाजनको रेखा नकोर्ने गरी अगाडि बढ्न आग्रह गर्दै उनले ४ वर्ष धैर्य गर्न आग्रह गर्दै उनले चार वर्षपछि बलियो राप्रपा युवा नेतृत्वलाई सुम्पने बताए।
'अहिले राप्रपा जहाँ छ त्यहाँभन्दा तल जाने ठाउँ छैन। अब जाने भनेको माथि नै हो,' उनले भने' चार वर्ष प्रतीक्षा गर्नुहोस्। चार वर्षपछि बलियो राप्रपा युवाहरूलाई हस्तान्तरण गर्ने छौँ।'
मंसिर १५, २०७८ बुधबार १५:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।