रौं-रौंमा राष्ट्रवाद छ भने कुनै विदेशीले हस्तक्षेप गर्न सक्दैन : नेपाल

काठमाडौं : एकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हर कुरामा बाह्य हस्तक्षेप ठानियो भने गम्भीर गल्ती हुने बताएका छन्।
'हाम्रो रगतमा राष्ट्रवाद छ कि छैन?, विदेशी दासतालाई सामना गर्ने आँट छ कि छैन?,' राप्रपाको एकता महाधिवेशनमा बोल्दै उनले भने, 'यदि रौं-रौंमा राष्ट्रवाद छ भने कुनै विदेशीले पनि हस्तक्षेप गर्न सक्दैनन्।'
फरक-फरक विचारप्रति सम्मान रहेको बताउँदै नेता नेपालले जहिले पनि परिवर्तनको मुल आन्तरिक हुने उल्लेख गरे। उनले भने, 'नेपालका सबै परिवर्तन नेपालकै राजनीतिक पार्टीको भूमिका महत्वपूर्ण छ। तर सबै कुरामा बाह्य ठानियो भने गम्भीर गल्ती हुन्छ।'
तर, हामीजस्तो दुई ढुंगाबीचको तरुल जस्तो देशले मुलुकको स्वाभिमानको रक्षा कसरी गर्ने, हाम्रो आन्तरिक मामिलामा हुने हस्तक्षेपको सामना कसरी गर्ने भन्ने विषयमा भने सोच्नैपर्ने उनको भनाइ थियो।
मंसिर १५, २०७८ बुधबार १४:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।