राप्रपाको महाधिवेशन पुगे प्रधानमन्त्री देउवा 

राप्रपाको महाधिवेशन पुगे प्रधानमन्त्री देउवा 

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे लगत्तै प्रधानमन्त्री देउवा राप्रपाको महाधिवेशनमा पुगेका हुन्। 

महाधिवेशनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतका नेता पुगेका छन्। माले महासचिव सिपी मैनाली, लोकतान्त्रिक समाजवादीका अनिल झा लगायतले सम्बोधन गरिसकेका छन्। 

राप्रपाको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली भने पुगेका छैनन्। 

मंसिर १५, २०७८ बुधबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।