ओलीलाई प्रचण्डको कटाक्ष : पार्टी तीन टुक्रा, महाधिवेशन चाहिँ एकता ?

ओलीलाई प्रचण्डको कटाक्ष : पार्टी तीन टुक्रा, महाधिवेशन चाहिँ एकता ?

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। राप्रपाको एकता महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै प्रचण्डले भने, 'पार्टीलाई तीन टुक्रा पारेर एकता महाधिवेशन भन्न लाज लाग्दैन?'

माओवादी अध्यक्ष प्रचण्डले राप्रपाका तीनै जना अध्यक्षलाई एकतावद्ध भई अगाडि बढ्न र साँच्चैको एकता महाधिवेशन बनाउन शुभकामना पनि दिए।

प्रचण्डले नेकपा मालेका नेता सिपी मैनालीले राजा महेन्द्रलाई राष्ट्रवादी भनेकोप्रति पनि असहमति व्यक्त गरे। उनले भने, 'एउटा कम्युनिष्ट पार्टीको नेता भएर महेन्द्रलाई राष्ट्रवादी देख्ने सिपीजी के राप्रपाको अध्यक्ष बन्न खोजेको हो?'

राप्रपा लगायत सबै राजनीतिक दलका नेताहरुबीच घनीभूत छलफल र वार्ता गरेर जनताको समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने उनले बताए।

मंसिर १५, २०७८ बुधबार १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।