सिपी मैनालीले गरे राजा महेन्द्रको प्रशंसा 

सिपी मैनालीले गरे राजा महेन्द्रको प्रशंसा 

काठमाडौँ : नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्र राष्ट्रवादी भएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा शुभकामना सन्देश दिँदै मैनालीले बाह्य अवाञ्छित प्रभाव र हस्तक्षेपको विरोध गर्ने राजा महेन्द्रको प्रशंसा गरे। 

उनले २०४६ सालको आन्दोलन र माओवादी सशस्त्र युद्धमा बाह्य अवाञ्छित प्रभाव र हस्तक्षेप भएको बताए। उनले यसले जनतालाई कज्याएको उल्लेख गरे। ‘हिजो गोली मात्रै ठोक्थे,’मैनालीले भने,‘अहिले तुइन काटेर मार्न थालेका छन्।’

उनले देशमा अहिले बाह्य हस्तक्षेप अचाक्ली बढेको बताए। देशलाई बचाउने काम अब राष्ट्रवादीहरू गर्नु पर्ने उनको भनाई छ। राप्रपा राष्ट्रवाद बोक्ने पार्टी भएको भन्दै मैनालीले देशभक्तहरू मिल्नु पर्ने बताए। 

मंसिर १५, २०७८ बुधबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।