राप्रपा महाधिवेशन : लिङदेनको पक्षमा कार्यकर्ताकाे हुटिङ, कमल थापासँगै मागे भोट   

राप्रपा महाधिवेशन : लिङदेनको पक्षमा कार्यकर्ताकाे हुटिङ, कमल थापासँगै मागे भोट   

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा राजेन्द्र लिङदेनको पक्षमा हुटिङ भएको छ। उद्घाटन सत्रमा बोल्ने पोडियमा जाँदै गर्दा लिङदेनको पक्षमा हुटिङ भएको हो। उनी प्रतिनिधि सभामा राप्रपाबाट निर्वाचित एक मात्र सांसद हुन्।

उनले राप्रपाको मुद्दा सडकमा लोकप्रिय भए पनि राप्रपा बेपत्ता अवस्थामा रहेको बताए। उनले राष्ट्रिय पार्टी समेत बन्न नसकेको राप्रपा बेपत्ता अवस्थामा रहेको बताए।

उनले अध्यक्ष त्रयलाई पार्टी अब यही ढङ्गले चल्न नसक्ने बताए। उनले यो महाधिवेशन अत्यन्त महत्त्वपूर्ण रहेको भन्दै कार्यकर्तालाई जीवन रोज्ने या मृत्यु रोज्ने भनेर आफ्नो पक्षमा मत समेत मागेका छन्। 

लिङदेनले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न राप्रपा अब नयाँ ढङ्गले जानु पर्ने बताए। ‘हामीले बोकेको मुद्दा रहने नरहने प्रश्न उठेको छ,’उनले भने,‘जबसम्म हामीले राप्रपा भन्दा बाहिर रहेका समान विचार भएकालाई जुटाएर लैजान सक्दैनौ तबसम्म राप्रपालाई देशको अग्रणी पार्टी बनाउने कुरा कोरा कल्पना मात्रै हुन्छ।’ 

उनले इतिहास रच्ने काम गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह समेत गरे। समयको पदचापलाई बुझेर अगाडि बढ्ने बाटो खोलिदिन कमल थापालाई उनले आग्रह गरे। कार्यकारी भूमिकामा एक चोटि परिवर्तन गरेर हेर्न उनले आग्रह गरे। 

उनले पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले जस्तै उदारता देखाउन कमल थापालाई आग्रह गरे। 

मंसिर १५, २०७८ बुधबार १३:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।