सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

काठमाडौँ : छापावाल सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ।
मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ।
मंसिर १५, २०७८ बुधबार १२:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।